TodayPati

‘तोरा लंहगामे जरौ लालटेन गे’ गीतमा विदेहका मेयरको मस्ती (भिडियो)

टुडेपाटी

जनकपुरधाम, माघ ७ गते ।

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई समाजमा अश्लिलता फैलाएको आरोप लागेको छ ।

Sponsored

‘छौरी परहे खातिर अब लले पेन गे, तोरा लहँगामे जरौ ललटेन गें ’ बोलको गीतमा केही युवतीहरु नाचिरहेका छन् । त्यसमा केटाहरुको हुलले हुटिङ्ग गरिहेका छन् ।

त्यसमा मेयर दासले मेयर सेल्फी खिच्दैं मस्ती गरिरहेका देखिन्छ । यस्तै भिडियो टुडे पार्टीलाई प्राप्त भएको छ ।

मेयर दासले आफ्नै नगरपालिकाले आयोजना गरेको मेयर कप क्रिकेट प्रतियोगीताको समापन खेलमा अश्लिल गीतमा रमाउदैं समाजका छोरीचेलीलाई होच्याएका छन् ।

Sponsored

युवतीहरुलाई अश्लिल गीतमा नाच्न लगाउँदै उनले सेल्फि खिचेको भिडियो भाइरल बनेको छ मेयर दासको भिडियो देखेर समाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।

यसअघि पटक पटक विवादित बन्दै आएका मेयर दास फेरि एक पटक अश्लिल गीतमा मस्ती गरेको सेल्फी लिएपछि विवादमा तानिएका छन् ।

https://www.facebook.com/narendra.sahlucky/videos/2757298307824481

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *