TodayPati

भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप दियो : स्वास्थ्यमन्त्री त्रिपाठी

टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान स्वरुप दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
उनका अनुसार अनुदानको खोप बिहीबारदेखि नै आउन लागेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *