मुख्य-1 राष्ट्रिय

धनुषाबाट १५ किलो अवैद्य चाँदीसहित एक भारतीय प्रहरीको फन्दामा

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन ३२ गते ।

धनुषाबाट १५ किलो अवैद्य चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पत्रफाउ पर्नेमा भारतको जिल्ला मधुवनी प्रखण्ड जयनगर पञ्चायत २ भेवाचोक बस्ने २७ वर्षका बन्धुकुमार सिंह छन् ।

ज ८ प ९२३५ नम्बरको नेपाली नम्बरप्लेटको मोटरसाईकलको ट्यांकीतल प्लास्टिकको ६ वटा पोकामा चाँदीको बुनियादाना लुकाएर भारत तर्फ लगिरहेको बेला उनलाई चेकजाँचको क्रममा पक्राउ गरेको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको छ ।


बरामद गरिएको अवैद्य चाँदी, मोटरसाईकल सहित सिंहलाई आवश्यक कार्वाहीको लागि जनकपुर भण्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *