मुख्य-2 समाज

नेपाल शिक्षक महासंघ गौशाला नगरकार्य समितीको अध्यक्षमा नकुल उप्रेतीको छनौट

धनबीर महतो-
महोत्तरी, साउन ३२ गते ।

नेपाल शिक्षक महासंघ गौशाला नगरकार्य समितीको अध्यक्षमा नकुल उप्रेती चयन भएका छन । शनिवार गौशालास्थित त्रिभुवन माविको प्रागणमा सम्पन्न भएको एक कार्यक्रमकाबीच महासंघको अध्यक्षमा उप्रेतीलाई चयन गरिएको हो ।
कार्यसमितीको सहसचिवमा विनोद महतो र कार्यसमितीको सदस्यहरुमा धर्मेन्द्र कुमार महतो ,सन्जय महतो, नगेन्द्र सिन्ह र रेनु खुलाललाई सिफारिस गरिएको नवकार्यसमितीका अध्यक्ष उप्रेतीले बताए । गत जेठ २४ गते महोत्तरीमा सम्पन्न भएको नेपाल शिक्षक महासंघको निर्वाचनमा नेपाल शिक्षक संघ प्रथम स्थान हासिल गरेको थिए । जसअनुरुप नेपाल शिक्षक संघको भागमा अध्यक्ष र सह सचिवको पद पाएको थियो ।
यसभन्दा अगाडि गत हप्ता नेपाल शिक्षक महासंघको निर्वाचनमा दोस्रो स्थान हासिल गरेको अखिल नेपाल शिक्षक संगठनले आफना पदाधिकारी चयन गरिसकेका छन । संगठनले उपाध्यक्षमा सुनिता कुमारी, सचिवमा सुमित कुमार साह, सदस्यहरुमा ईन्द्रेश कुमार साह, विश्वनाथ पासवान र रेश्मा कुमारी वलम्पाकीलाई चयन गरेका थिए ।
त्यस्तै निर्वाचनमा तेस्रो स्थान हासिल गरेको मधेशी शिक्षक फोरमले एक दुई दिनमा नै पदाधिकारी चयन गरि पठाउने शिक्षक नेता श्यामबाबु महतोले बताएका छन ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *