मुख्य-2 समाज

सिरहाको छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित २ युवक पक्राउ

टुडेपाटी समाचारदाता-

सिरहा, साउन ३२ गते ।

सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई सिरहाले प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १ बस्ने २६ वर्षीय मनोज प्रसाद खत्वे र सिरहा नगरपालिका १७ माडरबाट ठेगाना नखुलेका अन्दाजी २७ वर्षीय विजयकुमार पासवानलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट एक सय ५० ट्याब्लेट बरामद भएको थियोे ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *