TodayPati

धनुषामा १० वर्षअघि साहलाई गोली हानेर हत्या र लुटपाट गर्ने जागेश्वर यादव सिरहाबाट पक्राउ

टुडेपाटी

जनकपुरधाम, माघ ८ गते ।

धनुषामा १० वर्षअघि एकजनालाई गोली प्रहार गरेर फरार भएका एकजनलाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा तत्कालीन भरतपुर गाविस वडा नम्बर ८ स्थित राधाटोल बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फुटबल खेल्न धनुषाको विरेन्द्र बजार आएका सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको यादव समेतले गोली हानी हत्या गरेका थिए ।

पक्राउ परेका यादव गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) का निवासी हुन् ।

Sponsored

जिल्ला प्रहरी कार्यालय सिरहका अनुसार यादवले २०६८ साल भदौ २९ गते बा. ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर फुटबल खेल्न आएका सोनारलाई हत्या गरेका थिए ।

उनको शव शव बालुवाखोलाको काटा झारीमा फेला परेको थियो ।

उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए ।

घुमफिर गरिरहेको अवस्थामा सिरहाको मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ यादवलाई पक्राउ गरेको सिरहाका डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

यादवलाई आवश्यक कार्वाहीकालागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको डिएसपी शर्माले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *