मुख्य-1 राजनीति

प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त : प्रचण्ड

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, भदौ २ गते ।


नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश २ सरकार जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अारोप लगाउनु भएको छ । सोमबार धनुषाको बरमझियमा सहिद रामवृक्ष यादवक‍ो २५ अौं स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको समेत दावी गर्नुभयो ।

प्रदेश २ सरकारले गरेको भ्रष्टाचार बारे उदाहरण देखाउँदै दिनानुदिन प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको टिप्पणी गर्नुभो ।
उहाँले भन्नुभयो ‘सुशासन कायम भएको छैन, विकासले गति लिएको छैन । भ्रष्टचार दिनानुदिन बढेको छ । तलसम्म सुशासन छैन ।’

प्रत्येक वर्ष तराईमा आएको बाढीबाट जोगिन चुरे संरक्षणलाई जोड दिँदै दीर्घकालिन र रणनीतिक योजना बनाएर समस्या समाधान गर्नु पर्ने प्रचण्डले जोड दिनुभयो ।

‘चुरे वरिपरी सुक्दै गरेको जलाधार पूर्णरुपमा बचाउँनु पर्छ,’ उहाँले भन्नुभयो ‘चुरेले मात्र यहाँका जनतालाई बाढीबाट बचाउन सक्छ ।’

हरेक अान्दोलनमा पटक पटक मधेशका जनताले गरेको योगदानको प्रसंशा गर्दै प्रचण्डले जनयुद्धको तयारीमा लागेको बेला सहिद रामवृक्ष यादव जस्ता सहिदको बलिदानले देशमा परिवर्तन सम्भव भएको बताउनुभयो ।

एउटा ठोस योजनाको साथ तराई मधेशलाई समृद्ध बनाउन यो सरकार अघि बढ्ने बताउदै उहाँले तराई मधेश समृद्ध भए मात्र देश समृद्ध हुने विचार व्यक्त गर्नुभयो ।

समाजिक संजाल लगायबाट प्रतिक्रियावादीहरु गलत अफवाह फैलाएर दुईतिहाईको सरकारलाई बदनाम गराउने षड्यन्त्र गरिरहेको उहाँको भनाई छ ।

नेकपा प्रदेश २ कमिटीले अायोजना गरेकोे कार्यक्रममा नेकपा शीर्ष नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योग बाणिज्य तथा अापूर्ति मन्त्री मातृकाप्रसाद यादव, नेता प्रभु साह, श्रवण बरबरिया लगायतले सम्बोधन गर्नुभएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *