मुख्य-2 राजनीति

काँग्रेसका चार सांसदको फरक मत : प्रदेश २ को नाम ‘मध्य मधेश’ राजधानी ‘वीरगञ्ज’

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, भदौ ५ गते ।

नेपाली काँग्रेसका चार सांसदले प्रदेश सांसदले पार्टी संसदीय दलको निर्णय विपरीत प्रदेश २ को राजधानी र नामाकरणको सवालमा फरक मत राख्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश सांसद राजेश्वर प्रसाद साहको नेतृत्वमा फरक मत राख्दै प्रदेश २ को नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ राख्नुपर्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा बिहीबार दर्ता गराएका छन् ।
काँग्रेसका सांसद साह सहित ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र असियादेवी थरुनी नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ हुनुपर्ने पक्षमा छन् ।

नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम उपमहानगरपालिका’ राख्ने निर्णय गरेर प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव समेत दर्ता गराइसकेको छ ।
प्रदेशसभामा काँग्रेसको १९ प्रदेश सांसद छन् ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “काँग्रेसका चार सांसदको फरक मत : प्रदेश २ को नाम ‘मध्य मधेश’ राजधानी ‘वीरगञ्ज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *