TodayPati

प्रदेश १ : मोटरसाइकल दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको मृत्यु

टुडेपाटी-
झापा, फागुन ८ गते ।

झापाको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रबार पूर्वपश्चिम राजमार्गमा मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए ।

Sponsored

घाइते आचार्यको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको उपचार भइरहेको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *