TodayPati

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको छ : मुख्यमन्त्री राउत

टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई बदर गरेपछि मुख्यमन्त्री राउतले यस निर्णयलाई सहि भनेका छन् ।

Sponsored

उनले सर्वोच्चले गरेको यस निर्णयलाई स्वागतयोग्य रहेको बताए ।

संविधानको रक्षाको दायित्व सर्वोच्चको रहेकोमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको मुख्यमन्त्री राउतले प्रतिक्रिया दिए ।

साथै उनले अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यकता रहेको समेत जनाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *