मुख्य-2 समाज

महोत्तरीमा करेन्ट लागेर दुधेबालिकाको ज्यान गयो

टुडेपाटी समाचारदाता-
महोत्तरी, भदौ २७ गते ।

महोत्तरीमा करेन्ट लागेर घर भित्रै खेलिरहेकी एक दुधेबालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा औरही नगरपालिका श्रीपुरका नरेश महतोकी तीन वर्षीया छोरी सीताकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिका बिहीबार राति आफ्नै घरमा खेलिरहेको बेला घरमा जडान गरिएको बिजुली बोर्डबाट भँुईतिर झुण्डिएको नांगो तार छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *