मुख्य-2 समाज

महोत्तरीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गयो

टुडेपाटी समाचारदाता-
महोत्तरी, भदौ २७ गते ।


महोत्तरीको भंगहा नगरपालिकामा विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी सरदारलाई गोबन सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

राति करीब सवा १० बजे बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *