TodayPati

ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री कसलाई बनाउनेबारे छलफल सुरु, प्रचण्ड, माधव र देउवा भेट्दै

टुडेपाटी-

काठमाडौँ, फागुन १२ गते ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै मुलुकमा यतिखेर राजनैतिक माहौल तातेको छ ।

Sponsored

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँगै प्रचण्ड नेपाल समुहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

उनले तत्कालै राजीनामा नदिए प्रतिनिधिसभाबाट उनलाई हटाउने समेत तयारी छ । तर उनलाई हटाएपछि प्रधानमन्त्री कसलाई बनाउनेबारे समेत छलफल सुरु भएको छ ।

तर प्रचण्ड तथा माधव नेपालले यसअघि नै पटक पटक आफुहरु नभइ अरुलाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिइसकेका छन् ।

Sponsored

प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड(माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो ।

चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भएपनि आज भेटेरै छलफल हुन लागेको हो’, देउवानिकट एक नेताले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *