मुख्य-2 समाज

महोत्तरीमा सासुको हत्या गर्ने अभियुक्त १५ वर्षपछि पक्राउ

टुडेपाटी समाचारदाता-
महोत्तरी, भदौ २७ गते ।

महोत्तरीमा सासुुुको हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान प्रहरीले महोत्तरीको औरही नगरपालिका २ का अभियुक्त विनोद सदालाई औरहीबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनले २०६१ कात्तिक १८ गते औरही नगरपालिका २ मा आफ्नो ४० वर्षीया सासु बेचनी देवी सदाको हत्या गरेका थिए ।

प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो सासु बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको बताए । विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेकोे छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *