मुख्य-2 समाज

सप्तरीमा टिपरको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

शुभनारायण यादव-
सप्तरी, भदौ २७ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका ७ आदर्शटोल स्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

सप्तरीको फत्तेपुरबाट कञ्चनपुर तर्फ आउदै गरेको ना.१ क.७९८३ नं.को टिपर गाडिले सोहि दिशातर्फबाट आउदै गरेको साईकल यात्रि राजबिराज नगरपालिका १० बिगवा बस्ने २० बर्षिय मनोज रामको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाईते रामको दुबै खुट्टाको तिघ्रा भाचिएको तथा घाईतेभई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता ठक्कर दिने ना.१ क.७९८३ नं.को टिफर र चालक ईलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

mm
शुभनारायण यादव
उहाँ टुडेपाटीका सप्तरी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *