ब्रेकिङ्ग राष्ट्रिय

वीरगञ्जबाट हेडमास्टर सहित ५ जना १ लाख घुससहित अख्तियारको फन्दामा

टुडेपाटी समाचारदाता-
पर्सा, भदौ २७ गते ।

वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ५ जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगञ्ज–३१ वेलवा परसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ५ जनालाई १ लाख रुपैयाँ घुसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–८ स्थित दिलिप होटलबाट शुक्रबार साँझ प्रधानाध्यापक सचिन्द्र कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्य जमिल मियाँ र इलियाश मियाँलाई सेवाग्राहीसँग एक लाख घुसलिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको छ भन्ने सूचनाको आधारमा अख्त्यिारको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *