TodayPati

जनकपुरमा प्रचण्ड-नेपाल समूहको विजय जुलुस, ओलीलाई इज्जतको लागि भए पनि राजीनामा दिन सुझाव

टुडेपाटी-
जनकपुरधाम, फागुन १२ गते ।

जनकपुरधाममा नेकपा प्रचण्ड-माधव समूहले विजय जुलुस निकाएको छ । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो ।

जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनकचोकमा पुगेको कोणसभामा परिणत भएको थियो ।

बुधबार निकालेको विजय जुलुसमा नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।

Sponsored

कोण्सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री झाले प्रधानमन्त्री ओलीलाई इज्जत जोगाउनका लागि पनि राजीनामा दिन सुझाव दिएका हुन् ।

नेता झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएकाले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकाले राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव समेत दिए ।

झाले भने, ‘पार्टीले तपाईंलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, बालकोट गएर भुजा फाँक्नुस् ।’ उनले ओली जस्तो नेताको नेपाली राजनीतिमा कुनै काम नरहेको समेत बताएका छन् ।

Sponsored

नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकाले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए । उनले भने, ‘नेपाली जनताको यो जितपछि अब पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउनु पर्छ, त्यसैले पार्टीबाट चोर, डाँका, फटाहाहरुलाई बाहिरको बाटो देखाउनु पर्छ ।’

नेता झाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई समेत दुई दिनभित्र जनकपुरधाम छोड्न चेतावनी दिएका छन् । ‘दुई दिनभित्र तपाईं स्वयं जनकपुरधाम छोडेर गइहाल्नुस्, नभए हामी कालोमोसो लगाएर लखेटेर भगाउने छौं,’ उनले भने ।

केपी शर्मा ओलीको गत पुस ५ गते संसद विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद पुन:स्थापना गर्ने फैसला गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *