TodayPati

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित ३ जना प्रहरीको फन्दामा

टुडेपाटी-
सप्तरी, फागुन १५ गते ।

सप्तरीमा नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला जनसत्ताप्रमुखसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडग नगरपालिका–३ बानरझुला बस्ने सो समूहका सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सप्तरी जिल्ला राजविराज–४ का उदय भनिने उदयनाथ मण्डल तथा सप्तरी सिरहा सदस्य बिष्णुपुर गाउँपालिका १ का रामकृष्ण मण्डल रहेका छन् ।

सप्तरी प्रहरीले राजविराजस्थित घरबाटै उदय मण्डललाई शुक्रबार साँझ पक्राउ गरेको थियो । त्यसपछि थप दुई जनालाई पनि शुक्रबार राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेकाकाहरु प्छिल्लो समय विभिन्न व्यवसायी, कार्यालय प्रमुख र जनप्रतिनिधिलाई चन्दा माग गर्ने, धम्की दिने गरेको सूचना आएपछि निगरानीमा राखिएको र उनीहरुका बारेमा आएको सूचना सत्य पाइएपछि नियन्त्रणमा लिएको डीएसपी साहले बताए । उनीहरुबाट चन्दा माग गर्न प्रयोग गर्ने सिमसहितको १ थान मोबाइल, अन्य सीमासहितको ३ थान मोबाइल र केही दस्तावेजहरु बरामद गरिएको साहको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *