TodayPati

सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको ज्यान गयो

टुडेपाटी-
सर्लाही, फागुन २० गते ।

सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको ज्यान गएको छ । कौडेना गाउँँपालिका २ इनर्वा बस्ने २० वर्षीय श्याम मुखियाको ज्यान गएको हो ।

सदरमुकाम मलंगवा नगरपालिका ४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर मुखियाको मृत्यु भएको सर्लाहीका डीएसपी मदन कुँवरले जानकारी दिए ।

Sponsored

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवामै राखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *