TodayPati

धनुषामा मदिराबाट मृत्यु हुनेको संख्या २० पुग्यो

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत २ गते ।

धनुषामा आइतबार मात्र विषाक्त घरेलु मदिराबाट ४ जनाको ज्यान गएको छ । यससंगै धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदा र ६२ वर्षीया रामो देवी सदाको मृत्यु भएको स्थानीय बिक्की सदाले जानकारी दिए । उनका अनुसार रामोदेवीको आइतबार दिउँसो र जितेन्द्रको बिहानै उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हो ।

Sponsored

सोहि बस्तीमा शुक्रबार १ जना, शनिबार ३ जनाको मृत्यु भएको थियो । बस्तीकै देवी सदा, रामरति सदा, मिथिला सदा, झगरु सदाको शनिबार र शुक्रबार मृत्यु भएको थियो । सो बस्तीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको मदिरा सेवनबाट मृत्यु नभएको दावी गरिरहेको छ । तर स्थानीयले उनीहरु होलीको अवसरमा घरेलु मदिरा सेवन गरेकोले नै शरीर भरी विष फैलिएर एकाएक सिकिस्त भइ मृत्यु हुने गरेको बताएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले पनि उनीहरु सबैको मदिरा सेवनबाटै मृत्यु भएको जनाएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका ५५ वर्षका रतन दासको पनि मदिरा सेवनबाट आइतबार दिउँसो उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेयरमा मृत्यु भएको छ । यस्तै आइतबार बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४५ वर्षीय रामबहादुर यादवको मदिरा सेवनबाटै बिरामी भएर मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए ।

Sponsored

यससंगै रमदैया बस्तीमा बुधबार यता मृत्यु हुनेको संख्या ९ जना र १५ दिन यता जम्मा १३ जना, जनकपुरधामको मुसहरबस्तीमा ६ जना, लक्ष्मीनिया गाउँपालिका ६ बगेबामा १ गरी २० जनाको ज्यान गएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *