TodayPati

निर्भयालाई बलात्कार गरी हत्या गरेका चारैजनालाई भोली बिहानै फाँसी

एजेन्सी-

नयाँदिल्ली, चैत ६ गते ।

८ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको सामुहिक बलात्कारका दोषीहरुलाई शुक्रबार बिहान पौने ६ बजे फाँसी दिइने भएको छ ।

Sponsored

सन् २०१२ डिसेम्बर १६ मा दिल्लीमा गुडीरहेको एक गाडीमा ६ जनाले मेडिकल अध्ययन गर्दै गरेकी छात्रा निर्भयाको सामुहिक बलात्कार गरेका थिए। उनको उपचारको क्रममा सिंगापुरमा निधन भएको थियो।

लामो समयदेखि अदालती झमेलामा फसेको उक्त घटनाका दोषीहरु मध्ये ४ जनालाई शुक्रबार फाँसी दिइने निश्चित भएको छ। भारतको सुप्रिम कोर्टले बिहीबार मुकेश सिंहको याचिका खारेज गरेपछि उनीहरुलाई फाँसी दिने निश्चित भएको हो। सिंहसहित अक्षय कुमार, पवन गुप्ता र विनय शर्मालाई फाँसी दिइँदैछ।

निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *