TodayPati

विश्वभर कोरोना आतंक बढ्दै, मृत्यु हुनेको संख्या १९ हजार पुग्यो, कुन देशमा कति ?

टुडेपाटी
काठमाडौँ, चैत १२ गते ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब १९ हजार पुगेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट
गएको चौबीस घन्टामा २३ सय ७३ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार आठ सय ८७ पुगेको छ। यो तथ्यांक बुधबार बिहान पौने ८ बजेसम्मको हो।

कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा सात सय ४३ जनाको मृत्यु भएको छ।

Sponsored

कोरोना भाइरसको उद्गम थलो चीनमा भने गएको २४ घन्टामा यसको संक्रमणबाट एकजनाले पनि ज्यान गुमाएनन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यहाँ ६९ हजार १ सय ७६ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १९७ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ४ लाख २२ हजार ६ सय १३ जनामा यसको संक्रमण पुष्टी भएको छ। १ लाख आठ हाजार ८ सय ७९ जना भने उपचार पछि निको भएका छन्।

Sponsored

गएको २४ घन्टामा स्पेनमा ६८०, अमेरिकामा २२२, स्पेनमा ६८०, इरानमा १२२, जर्मनीमा ३६, फ्रान्समा २४०, युकेमा ८७, नेदरल्याण्डमा ६३, स्वीटजरल्यान्डमा २, दक्षिण कोरियामा ९, अस्टे«लियामा ७, बेल्जियममा ३४, क्यानाडामा २, पोर्चुगलमा १०, अस्ट्रेलियामा १, स्वीडेनमा १३, ब्राजिलमा १२, इजराइलमा २, टर्कीमा ७, मलेसियामा २ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी डेनमार्कमा ८, क्रेचियामा २, आइरल्याण्डमा १, जापानमा १, इक्वेडरमा ९, पाकिस्तानमा १, पोल्याण्डमा २, थाइल्याण्डमा ३, रोमानियामा ५, साउदी अरेवियामा १, ग्रिसमा ३, डायमण्ड प्रिन्सेसमा २, इन्डोनेसियामा ६, आइसल्याण्डमा १, फिलिपिन्समा २, स्लोभानियामा १, पेरुमा २ जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन्।

त्यस्तै इजिप्टमा १, बहराइनमा १, अर्जेन्टिनामा २, मेक्सिकोमा १, इराकमा ४, अल्जेरियामा २, लिथुआनियामा १, सान मारिनोमा १, हंगेरीमा १, मोरक्कोमा १, बोस्निया हर्ज गोभिनामा २, क्यप्रुसमा २, अल्बानियामा १, ट्युनिसियामा १, बंगलादेशमा १, साइप्रसमा २, काबो वर्डेमा १ र पाराग्वेमा १ जनाले ज्यान गुमाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *