मुख्य-2 समाज

बर्दिबासबाट ४१ जनालाई स्मार्ट लाइसेन्स

राजकरण महतो ।बर्दिवास
महोत्तरीको बर्दिवास स्थित यातायात ब्यवस्था सेवा कार्यालयले एकै साथ ४१ जनालाई सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बितरण गरेको छ । यातायात ब्यवस्था सेवा कार्यालय बर्दिवासले जनकपुरमा दिदैं आएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को नविकरण र वितरण सेवा बर्दिबासमै उपलब्ध गराएको हो ।
जेष्ट १ गतेदेखी यतायात ब्यवस्था कार्यालय बर्दिबासले स्मार्ट लाइसेन्सको नविकरण सेवा सुरुचारु गरेको थियो । जेष्ठ २३ गते सम्ममा ६४ जना सेवाग्राहीले सवारीचालक अनुमतिपत्र(स्मार्ट लाइसेन्स) को लागि दरखास्त दिएकोमा बिहीबार ४१ जनालाई स्मार्ट लाइसेन्स बितरण गरिएको कार्यालयले जनाएको छ ।
‘हामीले हाल सवारीचालक अनुमतिपत्रको नवीकरण र स्मार्ट लाइसेन्स जारी गरिरहेका छौं,’कार्यालय प्रमुख पोषण थापाले भने,‘यथासिघ्र सवारी चालक अनुमतिपत्रको नयाँ दरखास्त आह्वान गर्ने गरि कार्य अघि बढाएको छौं ।’ यस अघि कार्यालयबाट बाटो इजाजत नवीकरण , सवारी साधनको बुलबुक नवीकरण , सवारी जाँचपास हुँदै आएको थियो ।
यातायात व्यवस्था कार्यालय जनकपुरको २६ पुष २०७३ को प्रत्यायोजित अधिकारको आधारमा बर्दिबासले स्मार्ट लाइसेन्सको नविकरण तथा प्रतिलिपि सेवा जेठ १ गतेबाट सुभारम्भ गरेको थियो ।
यातायात व्यवस्था विभागले २० पुष २०७३ मै यातायात व्यवस्था कार्यालय जनकपुरलाई बर्दिबासबाट (स्मार्ट लाइसेन्स)को नविकरण तथा प्रतिलिपि सेवा दिन पत्राचार गरेको थियो ।
डेढ बर्ष ढिलोगरी मात्रै बर्दिबासबाट (स्मार्ट लाइसेन्स)को नविकरण तथा प्रतिलिपि सेवा स्थानीय स्तरमा उपलब्ध भएको हो । बर्दिबासका स्थानीय दिनानाथ पोखरेलको लाइसेन्स नविकरणबाट सेवा सुरु गरिएको थियो ।
। पटक पटक सेवा बिस्तारको लागि गरिएको पहल सार्थक भएकोमा बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले खुशी व्यक्त गरे । सेवा सुचारु भएसंगै महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली, सर्लाही, दोलखा, रामेछाप सम्मका हजारौं सेवा ग्राहीलाई प्रत्यक्ष सेवा पुग्ने छ ।
कार्यालयले विभिन्न सेवा बापत चालुु आर्थिक बर्षमा २१ करोड २५ लाख राजश्व सकलन गरेको छ ।बर्दिबासमा एकिकृत सेवा केन्द्रको माग गर्दै बर्दिबास लगायत यस भेगका बासिन्दाले लामो समयदेखी आन्दोलन गर्दै आएका थिए ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *