TodayPati

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरीकामा ठूलो संकट, शक्तिशाली तुफान टोनार्डो आउँदै

टुडेपाटी
जनकपुरधाम, चैत १६ गते ।

अमेरिकामा शक्तिशाली तुफान टुनार्डो र असिनाको चेतनावनी दिइएको छ । चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा थप संकटआउन लागेको मौसमविदहरुले चेतावनी दिएका हुन् ।

कोरोनाका भाइरस संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा यो चेतावनीपछि त्रास फैलिएको छ । कोरोनाको सामना गरिरहेको अमेरिकामा मौसमविद्ले पुनः टोर्नाडो र असिनाको चेतावनी दिएका छन् ।

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा टोर्नाडो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले दाबी गरेका हुन् ।

Sponsored

शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको हो ।

नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ ।

उनीहरुले विनाशकारी हावा चल्नुका साथै ठूलाठूला असिना पर्ने पूर्वानुमान गरेका छन् । कतिपय स्थानमा बर्षाका साथै हिमपातको समेत हुनसक्ने अनुमान गरिएको छ ।

Sponsored

कोरोना भाइरस संक्रमणका कारण मात्र अमेरिकामा २ हजार २ सय ११ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा ५ सय १५ जनाको मृत्यु भएको छ ।
हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *