TodayPati

डिजेल पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो

टुडेपाटी-
काठमाडौं,चैत १९ गते ।

पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटर १० रुपैयाँको दरले नेपाल आयल निगमले मूल्य घटाएको छ । कोरोना भाइरसबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको घटाएको हो ।

Sponsored

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *