ब्रेकिङ्ग मुख्य-1 राष्ट्रिय

महोत्तरीमा एक बालिकामाथि सामुहिक बलात्कार, एक पक्राउ अर्का फरार

टुडेपाटी समाचारदाता

महोत्तरी, असार ११ गते ।
महोत्तरीको औरहीमा एक १३ वर्षीय दलित बालिकामाथि सामुहिक बलात्कार भएको आरोप लगाएको छ । बालिका आइतबार अपराहन्न करिब ४ बजे घर नजिकको जंघा खोलामा भाडो धुन गएको बेला स्थानीय दुई युवकले सामुहिक कर्नी गरेको पीडित परिवारले जनाएको छ ।

बालिकाले घरपरिवारलाई आफुलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि प्रहरीमा खबर गरेका थिए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।
बालिकालाई स्वास्थ्य परीक्षणको बर्दिबास पठाइएको प्रहरीले जनाएको छ ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *