TodayPati

म पक्राउ परेको छैन, छलफलको लागि प्रहरी कार्यालय पुगेको थिएँ : अध्यक्ष साह

टुडेपाटी-
जनकपुरधाम,चैत ३० गते ।

जनकपुर उद्योगा बाणिज्य संघका अध्यक्ष ललित साहले राहतको विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग कुरा गर्न जाँदै गरेको बेला प्रहरीसंग समान्य विवाद भएको दावी गरेका छन् ।

विवादकै विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय पुगेको बताउँदै उनले आफुलाई प्रहरीले पक्राउ नगरेको बताए । तर प्रहरीमाथि आफुले हातपात नगरेको समेत अध्यक्ष साहले दावी गरे ।

Sponsored

आईतबार बिहान लकडाउनमा महावीरचोकमा मोटरसाइकलमा मास्क नै नलगाई जाँदै गरेका अध्यक्ष साह र ड्युटीमा रहेका असई विद्यापति ठाकुर बिच विवाद भएको थियो । सो क्रममा रोकेर मास्क बिना नहिंडन आग्रह गर्दा आफुमाथि दुव्र्यवहार गरेको असई ठाकुरले आरोप लगाएका छन् ।
‘मास्क नलगाएर गइरहेको देखेपछि मैले साहलाई रोकेर सर मास्क किन लगाउनुभएको छैन् ? यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ नि ! भनेर आग्रह गर्दा उहाँले मास्क घरमै बिर्सेर आएँ । त के गर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनुभयो’, असाई ठाकुरले भने’ त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गरे । तर साहले कागजपत्र नदेखाइ उल्टै स्थनीय दर्जनौं व्यपारीलाई बोलाएर मलाई तथानाम गालीगलौज गर्दै धक्कामुकी समेत गर्न थाले ।’ धक्कामुकीको क्रममा मोबाइल आफ्नो मोबाइल समेत साहले फोडेको असइ ठाकुरले बताए ।

त्यसपछि साहलाई प्रहरीले घरबाट पक्राउ गर्न गएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले समान्य विवाद भएको र त्यस पश्चत बाणिज्यसंघका अध्यक्ष साहलाई फोन गरेर छलफलको लागि बोलएको बताए । छलफलमा दुवै पक्षले आ आफ्नो गल्ती स्वीकार गरि विवाद टुंग्याएको उनको भनाइ छ ।

Sponsored

यो समाचारमा भुलवस केहि त्रुटि हुन गएकोमा सच्याइएको छ : सम्पादक/टुडेपाटी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “म पक्राउ परेको छैन, छलफलको लागि प्रहरी कार्यालय पुगेको थिएँ : अध्यक्ष साह

  • April 12, 2020 at 7:46 am
    Permalink

    सत्य तथ्य पता लगाइ दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्यो ।।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *