TodayPati

बागलुङकी कोरोना शंकास्पद वृद्धाको रिपोर्ट ‘नेगेटिभ’

टुडेपाटी-

पोखरा, वैशाख १ गते ।

बागलुङकी एक वृद्धामा द्रूत परीक्षणको क्रममा शंकास्पद देखिएकी कोरोना संक्रमण परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ। आइतबार काठेखोलाकी एक वृद्धाको कोरोना संक्रमण परीक्षण गर्दा शंकास्पद देखिएको थियो । यद्यपि द्रूत परीक्षणले मात्रै पुष्टि गर्न नमिल्ने भएपछि ‘स्वाब’ पोखरा पठाइएको थियो ।

Sponsored

पोखराको पिसिआर मेसिनले उनको शंका निवारण गरिदिएको हो । पटकपटक गरिएको परीक्षणले शंकास्पद भनिएको वृद्धाको रिपोर्ट ‘नेगेटिभ’ देखाएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले भने, ‘हामीले भनेजस्तै भयो। हिजो शंकास्पद देखिएको हो । तर, कन्फर्म भने पिसिआर मेसिनले मात्रै गर्छ, ‘खुसीको कुरा नतिजा ‘नेगेटिभ’ आयो ।’

केही समयअघि भारत तीर्थयात्रा गएर फर्किएका कारण उनी र उनको परिवारको स्वाब जाँच गरिएको थियो । अन्य सबैको ‘नेगेटिभ’ देखिएपनि उनको शंकास्पद भएपछि थप परीक्षण गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *