TodayPati

सडेको दाल राहतमा बाँड्ने कल‌ैयाका मेयरसहित ७ जना पक्राउ

बारा, वैशाख ९ गते ।

लकडाउनका कारण मारमा परेका समूदायलाई कुहिएको राहत बाँड्ने बाराको कलैया उपमहानगरपालिकाका मेयरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई पक्राउ गरेको हो ।

Sponsored

कुहिएको दाल राहतमा बाँडेको उजुरीको अाधारमा मेयर यादवसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) एसपी कृष्ण पंगेनीले मेयरलाई सोधपुछका लागि पक्राउ गरेको बताए।

‘मेयर रायसहितको टोलीले विभिन्न ठाउँमा बाँडेको रहात कुहिएको भेटिएको उजुरीका आधारमा हामीले उहाँलाई सोधपुछ गर्न पक्राउ गरेका हौँ’, एसपी पंज्ञेनीले भने, अहिले सोधपुछ गरिरहेका छौँ।’

गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल, चामल  भेटिएपछि यसअघि नै तीन वडाध्यक्ष र मिलका सञ्चालकलाई पक्राउ गरेको थियो।

Sponsored

पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश साह रहेका छन्।

त्यस्तै धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन, कोल्ड स्टोर रेखदेख गर्ने मुन्सीकुष्ण यादव पनि पक्राउ परेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *