TodayPati

जनकपुरमा पीसीआर रिपोर्ट नेगेटिभ देखिएका रौतहटका २ युवामा काठमाडौंमा कोरोना पुष्टि

टुडेपाटी-
रौतहट, वैशाख १६ गते ।

रौतहटका २ युवामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ बस्ने २५ वर्षीय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.श्यामबाबु शाहले जानकारी दिए ।

Sponsored

निमित्त मेसु डा. साहका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *