TodayPati

प्रदेश २ : लकडाउनमा महिलालाई निर्घात कुटपिट गरी घर निकाला

शुभ नारायण यादव-
सप्तरी, वैशाख १९ गते ।

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्व संत्रासमा बाचिरहेको सरकारले देशका हरेक नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । तर लकडाउनमा प्रदेश २ को सप्तरी जिल्लामा एक महिलालाई निर्घात कुटपिट गरी घरनिकाला गरेको घटना सार्वजनिक भएको छ ।

तिरहुत गाउपालिका वडा नं. ५ स्थित डिमनकी सुनिता यादवलाई श्रीमान, देवर र सासू मिलेर निघाृत कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाको आरोप छ ।

Sponsored

३० वर्षीया सुनितालाई श्रीमान चनदेश्वर यादव ,देवर सन्तोष कुमार यादव र सासू लखनवति देवि यादव मिलेर बिना कारण निघाृत कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाले बताईन् । एक छोरा र एक छोरीकी आमा समेत रहेकी ती महिललाई पटक पटक बिना कारण गलत आरोप लगाएर कुटपिट गर्दै आइरहेको पिडित महिलाले बताइन ।

२ वर्षपछि वैदेशिक रोजगारीबाट फर्केर घर आएपछि वास्तविक कुरा नबुझी अरु ब्यक्तिको कुरा सुनेर श्रीमान ,देवर र सासू मिलेर कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाले दुखेसो पोखिन् । सप्तरीके सप्तकोशि नगरपालिका माइति रहेको उनको ८ वर्षअघि चन्देश्वर यादवसँँग विवाह भएको थियो ।

बिदेशबाट आएर श्रीमानले पटक पटक कुटपिट गर्दै आएको बताउँदै उनले ६ महिनाअघि पतिको कुटपिटबाट दायाँ हात भाँचिएको देखेसो सुनाइन् । पिडित सुनिताले संचारमाध्यम मार्फत सम्बन्धित निकायबाट न्यायकालागि गुहार लगाएकी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “प्रदेश २ : लकडाउनमा महिलालाई निर्घात कुटपिट गरी घर निकाला

  • May 1, 2020 at 5:28 pm
    Permalink

    सहि सत्य तथ्य समाचार सम्प्रेषण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु ।
    दुबै पक्षको कुरा सुनेर लेख्न गरिदानको लागि हार्दिक अनुरोध गर्दछु ।
    गलति भएको खन्डमा दोसिलाई काडा भन्दा कडा कर्बाही हुन्नु पर्यो
    बास्तबमा को छ दोसी

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *