TodayPati

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमितको संख्या ३५ लाख नजिक

टुडेपाटी-
काठमाडौं, वैशाख २१ गते ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ५ सय ९६ पुगेको छ । शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको हो ।

आइतबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ ।

Sponsored

एकैदिनमा विश्वरभ ८१ हजार ७ सय ८१ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८ हजार ६५ जना उपचारपछि निको भएका छन् ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १६ सय ४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ हजार ३ सय ९६ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ५९ हजार ५ सय ६४ पुगेको छ । जसमध्ये १ लाख ६० हजार ७ सय ५ जना उपचारपछि निको भएका छन् ।

त्यसैगरी युकेमा शनिबार ६ सय २१ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने इटालीमा ४७४ जनाको ज्यान गएको छ ।

Sponsored

त्यसैगरी शनिबार ब्राजिलमा ३४०, इक्वेडरमा ३०८, स्पेनमा २७६, क्यानाडामा १७५, मेक्सिकोमा ११३, फ्रान्समा १६६, जर्मनीमा ७६, टर्कीमा ७८, नेदरल्यान्डमा ९४, इरानमा ६५, रसियामा ५३, बेल्जियममा ६२, पेरुमा ७६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने स्पेनमा २५ हजार १ सय, युकेमा २८ हजार १ सय ३१, फ्रान्समा २४ हजार ७ सय ६९ जनाको ज्यान गएको छ ।

छिमेकी मुलुक भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट एक सय जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या १३ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ ।

त्यहाँ शनिबार मात्रै २४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा एक हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *