TodayPati

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित १३४ पुग्यो 

टुडेपाटी-
काठमाडौं, बैशाख २९ गते ।

सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमा सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । 

Sponsored

मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।  

यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । 

यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *