TodayPati

प्रदेश २ मा कोरोनाका बिरामी ह्वात्तै बढ्दै गएपछि गण्डक अस्पतालमा पनि उपचार हुने

टुडेपाटी-

वीरगञ्ज, जेठ ४ गते ।

प्रदेश २ मा काेराेना भाइरस संक्रमितकाे संख्या ह्वात्तै बढ्दै गएपछि वीरगन्जको गण्डक अस्पतालमा पनि उपचार हुने भएको छ ।

Sponsored

वीरगन्जस्थित गण्डक हस्पिटलमा आजदेखि कोरोना भाइरस संक्रमितको उपचार गराइने हस्पिटलका सञ्चालक रहबर अन्सारीले जानकारी दिए । अहिले वीरगन्जकाे नारायणी अस्पतालमा एक सय जना कोरोना संक्रमितकाे उपचार भइरहेकाे छ भने प्रदेश २ मा संक्रमितकाे संख्या बढ्दाे क्रममा रहेको हुनाले सो निर्णय गरेको संचालक अन्सारीले बताए ।

वीरगन्ज महानगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र गण्डक हस्पिटलका सञ्चालक रहबर अन्सारीको समन्वयमा उक्त हस्पिटलमा कोरोना भाइरस संक्रमितको उपचार हुने सम्भव भएको जनाइएको छ ।

वीरगन्ज महानगरका मेयर विजय सरावगीका अनुसार लामो प्रयासपछि गण्डक हस्पिटललाई नारायणी अस्पतालले नै सहजीकरण गर्ने गरी सञ्चालन गरिएको हो ।

Sponsored

उनले भने, ´नारायणी अस्पतालका चिकित्सक, पारामेडिकल स्टाफ, नर्सिङलगायतले संक्रमितको निगरानी तथा उपचारमा सघाउछन् ।´

साथै गण्डक हस्पिटलमा ६५ जना कोरोना संक्रमित बिरामीको उपचार हुने भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *