TodayPati

सप्तरीमा एउटै पालिकाको थप ९ जनामा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, जेठ १७ गते ।

सप्तरीमा शनिबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

सप्तरीमा एक महिलासहित ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमित सबैको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवले बताए । सबै संक्रमित भारतबाट आएका हुन् ।

संक्रमित बढेसँगै सप्तरीमा आइसोलेसन बेडको अभाव भएको छ । अहिले २४ संक्रमित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजबिराजमा उपचाररत छन् । बाँकी संक्रमित विभिन्न क्वारेन्टिनमै बस्न बाध्य छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *