TodayPati

जनकपुरका पुस्तक व्यवसायी १९ दिनपछि कोरोना जितेर डिस्चार्ज

टुडेपाटी-

जनकपुरधाम, जेठ १७ गते ।

जनकपुरमा थप एकजना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायी कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

Sponsored

३५ वर्षीय व्यवसायी विजय चौधरीले १९ दिनपछि कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् ।  उनले प्रादेशिक अस्पताल स्थित आइसोलेशन कक्षमा भर्ना भएदेखि नै व्यवस्थापन देखि खानपानमा निकै कमीकमजोरी गर्ने गरेको गुनासो गरे । 

आइसोलेशनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधा समेत उपलब्ध नरहेको भन्दै व्यवसायी चौधरीले परिस्थिति खराब भएपनि मनस्थिति बलियो भएकै कारणले कोरोनालाई जित्न सफल भएको बताए ।

गत बैशाख ३० उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना संक्रमित भएका धनुषाका पत्रकार बीरेन्द्र रमण केहि दिन अघि मात्रै डिस्चार्ज भईसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *