TodayPati

भारतमा एक महिना थपियो लकडाउन, चरणबद्ध लकडाउन खुकुलो बनाइने

एजेन्सी-
नयाँदिल्ली, जेठ १७ गते ।

भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन छ ।

निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।

Sponsored

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ । भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *