TodayPati

कोरोना लडाइँमा सरकारको १० अर्ब खर्च

टुडेपाटी-

काठमाडौं, जेठ २१ गते ।

कोरोना रोकथाम तथा उपचारमा नेपालमा अहिलेसम्म झन्डै १० अर्ब रुपैयाँ खर्च भएको सरकारले जानकारी दिएको छ । 

Sponsored

कोरोना संक्रमण रोकथाम तथा उपचार नियन्त्रण कोषको बुधबार सिंहदरबारमा बसेको बैठकपछि निर्णय सार्वजनिक गर्दै सचिव नारायणप्रसाद विडारीले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार अहिलेसम्म नेपाल सरकारबाट राहत तथा उपचार, क्वारेन्टाइन व्यवस्थापनदेखि चीनको वुहानबाट विद्यार्थी ल्याउन समेत गरी ९ अर्ब ८७ करोड खर्च भएको जनाकारी दिए ।

जसमा केन्द्रीय सरकारले अहिलेसम्म ६ अर्ब करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ८ करोड र स्थानीय सरकारको तर्फबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको विडारीले बताए ।

Sponsored

‘यो रकममा विभिन्न संघसंस्था‚ दातृनिकायले गरेको सहयोग पनि जोडिएको छैन,’ उनले भने, ‘यसरी खर्च भएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोष, विनियोजन रकम तथा रकमान्तर रकमबाट खर्च भएको छ।’ उनका अनुसार अहिलेसम्म कोषमा भने २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *