TodayPati

प्रदेश २ का एक क्वारेन्टाइन इन्चार्जमै कोरानो संक्रमण पुष्टि

टुडेपाटी
सप्तरी, जेठ २३ गते ।

सप्तरीमा एकजना स्वास्थय चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित क्वारेन्टाइनका इन्चार्जमा कोरोना संक्रमण देखिएको हो ।

वडा नम्बर ५ भाटिनका ५० वर्षीय हेल्थ असिस्टेन्टमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले पुष्टि गरे ।

Sponsored

सप्तरीको सबैभन्दा बढी संक्रमित देखिएको बोदे बर्साइन नगरपालिकामा संक्रमितको सङ्ख्या योसहित २० पुगेको छ । यसअघि जेठ १५ गते उक्त नगरपालिका ५ स्थित चन्द्र नमूना माविको सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो ।

जेठ १३ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत असई संक्रमित भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *