TodayPati

बीपी प्रतिष्ठानबाट तीनजनाले कोरोना जिते

 टुडेपाटी-

जनकपुरधाम, जेठ ३१ गते ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदेश १ को विभिन्न तीन जिल्लाका कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

Sponsored

शनिबार पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै एक महिलासहित दुई पुरुष उपचारपछि डिस्चार्ज भएका प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले तेह्रथुमकी एक महिलासहित धनकुटा र सुनसरीका एक/एक पुरुष डिस्चार्ज भएको बताए ।

डिस्चार्ज भएकाहरु २० देखि २९ वर्ष उमेर समूहको रहेका छन् । डिस्चार्ज भएका तीनजना एकसाथ जेठ २२ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए ।

Sponsored

अस्पतालमा हाल २१ जना संक्रमितको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालमा प्रदेश–१ का विभिन्न जिल्लाबाट १ सय ९३ जना उपचारका लागि भर्ना भएका छन् ।

जसमध्ये १ सय ३ जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । वीपी प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबका अनुसार हालसम्म ६ हजार ४ सय ५१ स्वाब नमूना संकलन भइसकेको र ६ हजार २ सय ५२ वटा नमूनाको रिपोर्ट नेगेटिभ रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *