TodayPati

पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, जेठ ३२ गते ।

पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Sponsored

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ महिलासहित ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको प्रवक्ता गौतमले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *