मुख्य-2

भारतमा रावण दहन हेर्ने भिडलाई रेलले कुल्चे, ६० को ज्यान गयो , एकसय बढी घाइते

एजेन्सी,
पञ्जाव, कार्तिक ३ गते ।

भारतको पञ्जाबस्थित अमृतसरमा रावण दहन हन हेर्ने मानिसको भीडलाई रेलले कुल्चिदा ६० जनको ज्यान गएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले रावण दहन हेर्दै गरेका मानिसहरूको भिडलाई शुक्रबार साँझ कुल्चेको हो । यस दुर्घटनामा एक सय जनतभन्दा बढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् । यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालाई ह्रदयविदारक भनेका छन् ।

उनले लेखेको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’

उनले तत्काल आवश्यक सहयोगका लागि अधिकारीहरूलाई निर्देशन दिइएको उल्लेख गरेका छन् ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *