TodayPati

वीरगञ्ज कारागारका एक जना कैदीको मृत्यु

टुडेपाटी-

वीरगञ्ज, असार ११ गते ।

वीरगन्ज कारागारमा रहेका एक जना थुनुवा कैदीको मृत्यु भएको छ । पुर्पक्षका लागि कारागारमा बस्दै आएको ६३ वर्षका वीरगन्ज महानगरपालिका–२ का आलम भन्ने बसिर अहमदको मृत्यु भएको छ । 

Sponsored

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा १६ दिनदेखि भर्ना भएर उपचार गराई रहदा बिहीबार बिहान २ बजेतिर अस्पतालमै निधन भएको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । 

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ । बिगत साढेचार महिना देखि ठगी मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । 
मृत्यु भएका ब्यक्ति मधुमेह र उच्च रक्तचापले गम्भिर बिरामी भएको कारागारले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *