TodayPati

नेपाल-भारतबीचको रोटीबेटीको सम्बन्ध टुक्र्याउन खोजेको हो : मन्त्री साह

शुभ नारायण यादव-
सप्तरी, असार १६ गते ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने गर्न लागिएको नयाँ कानुनी व्यवस्थाको विरोधमा आज प्रदेश २ का विभिन्‍न स्थानमा प्रदर्शन गरिएको छ ।

सोही अनुसार सप्तरी सदरमुकाम राजविराजमा पनि जनता समाजवादि पार्टी सप्तरीले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

Sponsored

राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा सयौंंको संख्यामा निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरि आन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएका थिए । कोण सभामा जनता समाजवादी पार्टीका नेताहरुले नागरिकता संशोधन विधेयक फिर्ता नलिए आन्दोलन झन् चर्काउने चेतावनी दिए ।

नेपाल-भारतबीचको रोटीबेटीको सम्बन्ध टुक्र्याउन नागरिकता विधेयकलाई संशोधन गर्न लागिएको आरोप प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले लगाए ।

मन्त्री साहले नागरिकता संशोधन विधेयक विभेदकारी रहेकाले प्रदर्शनमा उत्रिनुपरेको बताउँदै नागरिकता संसोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेको बताए ।

Sponsored

संघीय सरकारले मधेशीलाई अधिकार विहीन बनाउने कार्यमा लागेको मन्त्री साहले बताए छन् । जनता समाजवादी पार्टीका नेता केदार यादवको अध्यक्षतामा भएको विरोध सभामा सांसद डाक्टर सुर्य नारायण यादव, युवा नेता लक्षमण यादव, बलानबिहुल गापा अध्यक्ष दयानन्द गोइत, नगर मेयर शम्भु यादव, शम्भु झा जसपा महिला नेत्री पुनम यादव, विशेश्वर रजक, दिनेश यादव, शैलेष चोधरी, अमरनाथ मण्डल, अनिरुद प्रसाद सिंह यादव, हरेराम यादव लगायतकाहरुले नागरिकता विधेयक सन्शोधन नभएसम्म मधेसी जनताको आन्दोलन जारी रहने घोषणा गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *