TodayPati

स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटबाट गुप्ता पक्राउ

टुडेपाटी-
रौतहट, असार १८ गते ।

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बुधबार साझ गौर नगरपालिका–२ महादेवपट्टिबाट १० लाखसहित साही ठाउँका २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् ।

भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त गस्ती टोलीले १० लाख नगद फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Sponsored

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैयाँ दैनिक रुपमा नेपाल भित्रिरहेको छ ।

प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *