TodayPati

प्याबसनले बोर्डिङ्ग स्कुललाई भन्यो – लुकीलुकी पैसा उठाउने काम बन्द गर

टुडेपाटी

काठमाडौँ, असार १९ गते ।

लकडाउनको समयमा निजि विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएपछि
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

Sponsored

प्याबसनले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो ।

‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि विद्यालयले चोरबाटोबाट शुल्क नलिन आग्रह गर्दछु ।’

विद्यार्थीलाई पढाएबापत अभिभावकसँग शुल्क उठाउनु विद्यालयको अधिकार नै भएकाले सरकारसँग कुरा गरिसकेपछि शुल्क लिइने पुरी बताउँछन् ।

Sponsored

यसैबीच निजी विद्यालय सञ्चालकहरूले गत बुधबार राहत प्याकेजसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ । शुक्रबार साँझसम्म सरकारले आफूहरूको माग पूरा नगरे पठनपाठन ठप्प पार्ने प्याब्सनले चेतावनी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *