TodayPati

प्रदेश सञ्चार विधेयकविरुद्ध राजविराजमा पत्रकारको धर्ना

शुभ नारायण यादव-
सप्तरी, असार २१ गते ।

प्रदेश २ सरकारले सञ्चार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै सप्तरीको राजबिराजमा पत्रकारहरूले धर्ना दिएका छन् ।

राजबिराजस्थित गजेन्द्र चौकमा आइतबार पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरूले बिरोध जनाएको हो ।

‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार श्रवण देवले भने, ‘यो विधेयक राणा शासनकालमा भन्दा पनि निरंकुश रहेकाले विरोध जनाएका हौं ।’

Sponsored

पत्रकार देवका अनुसार पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित हुँदैन, प्रदेश सरकारले खारेज नहुन्जेल सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सञ्चार सम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाए सम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।

गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *