TodayPati

जनकपुरमा मास्क बिना हिड्न निषेध, नलगाएर हिड्ने १५० जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मास्क नलगाइ हिड्न निषेध गरिएको छ । कोरोना संक्रमणको कहर बढ्दै जाँदा प्रशासनले यस्तो नियम लगाएको हो ।

आइतबारर बसेको जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले सोमबारदेखि मास्क बिना हिड्नेलाई कडाइ गरेको छ ।

Sponsored

समेबार बिहानदेखि दिउँसो १ बजेसम्म सडकमा बिना मास्क हिड्ने १ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरेको धनुषाका एस्पी रमेश बस्नेतले टुडेपाटीलाई जानकारी दिए । ‘कोरोना संक्रमण तिव्ररुपले बढ्दै जाँदा अस्तिदेखि नै हामी सर्वसाधारणलाई पटक पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेका छौं । तर पनि धेरैले मानिरहेका छैनन् । त्यसैले सोमबारदेखि हामीले पक्राउ गरी १ सय रुपैयाँ जरिवाना गरी छाड्ने गरेका छौं । एस्पी बस्नेतले भने ।

उनले जनकपुर भरिमा एकसयको संख्यामा प्रहरी परिचालन गरी मास्क नलागएर हिड्नेलाई सम्झाउने बुझाउने र अटेरी गरे पक्राउ गरी सय रुपैयाँ जरिवाना गरी छाड्ने काम भइरहेको जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले मास्क नलाई हिड्नेलाई कडाइ गरेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *