TodayPati

कोरोनासँग लड्न भंगहा नगरपालिकाले किन्यो दुईवटा एम्बुलेन्स, स्थानीय खुसी

टुडेपाटी-
महोत्तरी, असार २३ गते ।

महोत्तरीको भगंहा नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेका छन् । नगरपालिकाका मेयर सञ्जीव कुमार साहले कोरोना भाइरसको महामारीसँग लड्न २१ लाख खर्चेर २ वटा एम्बुलेन्स खरिद गरेका हुन् ।

गाउँमा एम्बुलेन्स भित्रिएपछि स्थानीयहरु खुशी भएका छन् । स्थानीय तहमा आफ्नो लागि जनप्रतिनिधिले मोटरसाइकल, गाडी खरिद गरिरहेको बेला भंगहा नगरपालिकाले नागरिकका लागि एम्बुलेन्स खरिद गरेको स्थानीयले बताए ।

Sponsored

एम्बुलेन्सका लागि चालक नियुक्त पनि गरिसकेको छ । न्युनतम भाडा दर तय गरेर प्रयोगमा ल्याइने मयर साहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *