TodayPati

बटेश्वर गाँपाको चरम लापरबाही : गरिबकालागि आएको राहत किराले खान थाले, जनता भोकभोकै

टुडेपाटी

जनकपुरधाम, असार २४ गते ।

धनुषाको बटेश्वर गाउँपालिकाले प्रदेश सरकारले गरिब तथा विपन्न परिवारलाई वितरण गर्न राहत स्वरुप करिब एक महिनाअघि पठाएको खाद्यन्न समाग्री वितरण नगर्दा गरिब परिवार विचल्लीमा परेका छन् ।

Sponsored

प्रतिबद्धता जनाएर असिना पिडित गरिब परिवारलाई जस्तापाता उपलब्ध नगराइ ठगेको गाउँपालिकाले राहत स्वरुप आएको खाद्यन्न समाग्री समेत नबाँडेपछि गरिब परिवार बिचल्लीमा परेका हुन् ।

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय धनुषा मार्फत पठाएको तीन सय पोका खाद्यन्न समाग्री विपन्नलाई नबाँडेपछि दाल, चामल र स्वाबिनमा किरा लाग्न थालिसकेको स्थानीयहरुले बताएका छन् ।

‘लकडाउनमा काम नपाएर हामी गरिब एकै छाँक खाएर दिन बिताउनुपरेको छ । तर आएको राहत गाउँपालिका अध्यक्षले खाइदिए कि के गरे हामीलाई थाहा छैन,’ स्थानीय राज कुमार महतोले भने, ‘हामी आफैँ त हेर्न पुगेका छैनौ तर गाउँपालिकामा एक महिनादेखि राहत बाँड्न राखिएको दाल चामल र स्वाइबिनमा किरा लागिसकेको सुनेका छौँ ।’

Sponsored

बटेश्वर गाउँपालिकाको प्रति वडा ६० पोकाका दरले पाँचवटै वडाकालागि ३ सय पोका खाद्यन्न समाग्री पठाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संजिव दुवेले बताए ।

उनका अनुसार राहत समाग्रीमा प्रति पोका २५ किलो चामल, दुइ किलो मंसुरी दाल, एक लिटर तेल, एक प्याकेट नुन, आधा किलो स्वाबिन र एउटा हात धुने साबुन रहेका छन् । तर राहत समाग्रीमा किरा लागेको कुरा सत्य नरहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले दाबी गरे ।

‘यो महिनाभित्र हामी राहत बाँडिसक्छौँ । केही वडाध्यक्षहरुले ६० प्याकेट राहतले हाम्रो वडामा पुग्दैन भनेर लग्न मानेन् । एउटा वडामा ६० जनालाई मात्र कसरी बाँड्ने भनेर तनाव भयो,’ उनले भने । तर अध्यक्ष राउतले गरिबलाई राहत बाँडेर कमिसन नआउने हुँदा राहत वितरण हुन नसकेको स्थानीयहरुको भनाइ छ ।
‘लकडाउन कडाइ भएको बेला एकदमै हामीले राहत पाएनौ, भोकै बस्यौँ । अब खुकुलो भइसकेपछि हामीले अलि अलि काम पानि पाउन थाल्यौँ । राहित मानिसकालागि पठाइएको हो कि किरा खानलाई ? किरा लागेको दाल चामल कसले खान्छ ?,’ स्थानीय विनोद महतोले भने, ‘अध्यक्षले गरिबलाई मानिसमा गिन्ती नै गुर्नभएको छैन् । पटक पटक ठग्ने काम मात्र गर्नुहुन्छ । जस्तापाता दिने भनेर गएको तीन महिना बित्यो त्यो पनि हामीले पाएनौ ।’

राहत समयमै किन वितरण नभएको विषयमा गाउँपालिका अध्यक्षले जवाफ दिनुपर्ने घरेलु कार्यालय प्रमुख दुबेको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *